दफा ४
थुनुवा वा कैदी बुझिलिनेः
(१) प्रचलित नेपाल कानुन बमोजिम रीत पुरयाई थुन्न वा कैद गर्न पठाइएको व्यक्तिलाई कारागार कार्यालयले बुझिलिई प्रचलित नेपाल कानुन
बमोजिम थुनामा वा कैदमा राख्नुपर्छ ।
(२) प्रचलित नेपाल कानुन बमोजिमको रीत नपुरायाई कुनै व्यक्तिलाई थुन्न वा कैद गर्न पठाइएकोमा कारागार कार्यालयले बुझिलिई पूर्जी बमोजिम निजलाई थुना वा कैदमा राखी रीत नपुगेको कुराहरू खोली रीत पु¥याउनकालागि सम्बन्धित अधिकारी समक्ष लेखी पठाउनु पर्छ ।